FAQs Complain Problems

समाचार:

शिवसताक्षी नगरपालिकाको राहत खरिद संबन्धी सुचना

शिवसताक्षी नगरपालिका झापा

शिवसताक्षी नगरपालिका

नगर कार्यपालिकाको कार्यालय, व्याङ्गडाँडा

झापा जिल्ला प्रदेश नं १, नेपाल

प्रथम पटक सुचना प्रकाशित मिति २०७७-०१-१७

 

विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस ( COVID-19 ) महामारीको रोकथाम तथा नियन्त्रणका लागी मिति २०७६-१२-११ देखी हालसम्म नेपाल सरकारले लकडाउनको घोषणा गरेको कारण दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने नगरवासीहरुलाइ अत्यावश्यक खाध्य सामाग्री तत्काल खरिद गरी वितरण नगर्दा सार्वजनिक सुरक्षा हित तथा सामुदायीक  स्वास्थ्यमा पर्ने संकटलाइ ध्यानामा राखी सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ मा व्यवस्था भएको विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धि व्यवस्थाअनुसार वार्ताको माध्यमबाट निम्न बमोजिमको सामाग्रिहरु खरिद गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित भएको मितिले तिन (३) दिन भित्रमा ( मिति २०७७-०१-१९) इच्छुक मान्यता प्राप्त खाध्य सामाग्री बिक्री वितरण गर्ने फर्म/कम्पनी/सप्लायर्सले इजाजत पत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, आ.व. २०७५/०७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी सामाग्रीको गुणस्तर सहितको लिखित दररेट प्रस्ताव प्रस्तावदाता स्वयं वा आधिकारिक प्रतिनितध यस नगर कार्यपालिकामा उपस्थित भइ वा यस कार्यालयको  आधिकारिक इमेल ठेगाना dms.shivasatakshimun@gmail.com मा पेश गर्न सकिनेछ । प्रस्ताव पेश गर्न दिएको समय सकिनासाथ पेश भएको प्रस्तावको मुल्य, गुणस्तर, परिमाण तथा ढुँवानीको विषयमा प्रस्ताव माथी वार्ता गर्न प्रस्तावदाता कार्यालयमा उपस्थित हुनु पर्नेछ । कोरोना भाइरसका कारण यतिवेला मुलुक लकडाउनमा भएकाले प्रस्ताव पेश गर्न तथा वार्ताको लागी यस कार्यालयसम्म आउनजान पास आवश्यक भएमा प्रस्तावदाता वा निजको प्रतिनिधिको परिचय खुल्ने कागजात सहित यस कार्यालायको उल्लेखित इमेल ठेगानामा अनुरोध पत्र पठाउन सकिनेछ । उल्लेखित सुचना तथा अन्य आवश्यक विवरणहरु यस कार्यालयको  वेवसाइट http://shivasataximun.gov.np/ वा फेसबुकपेज (https://www.facebook.com/shivasataxi)  शिवसताक्षी नगरपालिका मा गइ हेर्न तथा डाउनलोड गर्न सकिनेछ । प्रस्ताव दर्ता गर्ने अन्तिम दिन र प्रस्ताव खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा सो कार्य कार्यालय खुलेको. पहिलो दिन गरिनेछ ।

नोट: यस सुचना बमोजिमका सामाग्रीहरु थप खरिद गर्नुपर्ने भएमा स्वीकृत दररेट अनुसारनै सप्लायर्सले आपुर्ति गर्नुपर्नेछ ।