Error message

Warning: include(): Unable to allocate memory for pool. in theme_render_template() (line 1526 of /var/www/html/includes/theme.inc).

फोटो ग्यालरी

नेपालको पूर्व भागमा रहेको जनकपुर पछिको प्रमुख तीर्थस्थल भनी प्रसिद्ध सतासीधाम समुद्र सतहबाट २८० देखि ३०० मिटरसम्मको उचाइमा ७६.५ वर्ग कि.मि. क्षेत्रभित्र फैलिएर रहेको छ । सतासीधाम दिगम्बेश्वर मन्दिर सतासीधाम गा.वि.स. वडा नं. ९ को सिमानामा अवस्थित छ । पूर्व पश्चिम राजमार्गको झिलझिलेबाट लगभग २ कि.मि. को दूरीमा चुरे पहाडसँगै अवस्थित सतासीधाम धार्मिक आस्थाका अतिरिक्त बनभोज जाने, फोटो खिच्ने र बिदाको समय उपभोग गर्न जाने उद्देश्यका लागि समेत उपयोग हुने गरेको पाईन्छ । विभिन्न किसिमका बोटबिरुवाका साथै आँपको बगैचाले घेरिएको यो क्षेत्र अत्यन्तै रमणीय रहेको छ ।

सतासीधाम क्षेत्रमा सताक्षी देवी दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर र जसमुनी आश्रम पनि रहेको छ । सतासीधाम क्षेत्रको पूर्वमा सुरुङ्गा गाविस उत्तरमा इलामको महमाई गा.वि.स तथा दक्षिणमा शिवगञ्ज गाविसहरु पर्दछन् । रतुवामाई वृक्षारोपण आयोजनाद्वारा धामको दक्षिणमा वृक्षारोपण गरिएको छ भने पूर्व र पश्चिममा वन उपभोक्ता समितिको रेखदेखमा रहेको प्राकृतिक जंगल र उत्तरमा ईलाम जिल्लाको जंगलले घेरिएको छ ।

 

यहाँ मंसिर महिनामा वाला चतुर्दशीको अवसरमा तीन दिन सम्म र माघे संक्रान्तिको अवसरमा एक दिन मेला लाग्ने गरेको पाईन्छ । यस स्थानमा अन्य समयमा भने मंगलवार र शनिवार भक्तजनहरुको भीड हुने गरेको पाईन्छ । पौराणिक कालमा पाँण्डवहरु वनवासको समयमा यही स्थानमा हतियार लुकाएर विराटराजाको दरवार गुप्तवास बस्न गएरका थिए भन्ने किम्बदन्ती रहेको पाइन्छ । सतासीधाम क्षेत्रको उत्तरतर्फ रहेको पहाडमा पाईने ढुङ्गाहरु विभिन्न वीव जन्तुसंग मिल्दो जुल्दो आकार प्रकारका हुने गरेको पाईन्छ । मन्दिर नजिकै रहेको पानीमा तातो र नुनीलो गुण हुने र यसलाई औषधीको रुपमा लिने गरिएको समेत पाईन्छ ।

मन्दिरबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ । यहाँ रहेको रमणीय झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आरधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएकोमा पछि अपभ्रंश भई सतासीधाम भएको हो भन्ने भनाई समेत रहेको पाईन्छ । यस झरनाको उत्तरमा त्रिशुल अदि रहेको स्थानलाई पाथिभरा भन्ने गरिएको छ । सहस्र धारामा नुहाउनाले पाप नाश हुने जनविश्वास रहेको समेत पाइन्छ ।

सतासीधाम क्षेत्र वरिपरि अवस्थित जंगलमा विभिन्न दुर्लभ जडिबुटीहरु समेत पाइने भएकोले यस क्षेत्रमा सधैं साधुसन्तहरुको जमघट भईरहने गर्दछ । सतासीधाम देखि उत्तर माईनदीको किनारै किनार डांडोमा गएपछि अप्ठेरो भीरमा एउटा गुफा रहेको छ । गुफा भित्र शिवलिङ्ग जस्तो देखिने स्थान पनि छ । पाण्डवहरु गुप्तवासको समयमा भीमले लुकेर बस्ने ठाँउ बनाएको विश्वास गरीने यस स्थानमा हतपत कोही पनि नजाने भए पनि कहिलेकही साधु सन्तहरु भने बस्ने गरेको पाईन्छ ।

पूर्व–पश्चिम राजमार्गबाट केवल ५ कि.मि. को दूरीमा अवस्थित भए पनि यहां सम्म जाने बाटोको राम्रो ब्यवस्था भने हुन सकेको देखिदैन । यस अतिरिक्त विद्युत एवं भक्तजनहरुलाई आवश्यक सत्संग भवन समेतको ब्यवस्था गरिएको खण्डमा मन्दिर क्षेत्रमा भ्रमण गर्ने तीर्थयात्रीहरुको संख्यामा वृद्धि हुन सक्ने देखिन्छ । यस मन्दिर क्षेत्रमा हाल पनि प्रशस्त मात्रामा बनभोज खाने समुहहरु आउने गरेको पाईन्छ । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आटेपछि भागेर लुकेको ठाउँ भनी सतसीधामलाई लिने गरिन्छ । साथै पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले अफ्नो सयवटा आँखाबाट एकैछोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ ।

 

झिलझिले बजारबाट लगभग ४ कि.मीं उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासंग जोडिएको यस स्थानमा रहेको प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा लगभग २० मिटरभित्र मात्र निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् ।

 

सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिक स्थल मानिन्छ ।

satakshi dham, सताक्षी धाम, सताक्षी धाम, सताक्षी धाम

मेची अञ्चल झापा जिल्ला शिवसताक्षी नगर पालिका वार्ड नं. ९ को उत्तर ईलाम जिल्लाको महमाई गा.वि.स. वार्ड नं.९ को दक्षिण, कनकाई नदिको किनारमा अबस्थित मनोरम धार्मिक तथा पर्यटकीय क्षेत्रलाई दोमुखा क्षेत्र भनिन्छ । महाभारत पर्वत श्रृखलाबाट उत्पति भईचुरे पहाडलाई चिर्दै पूर्व मोहडा पारी निस्कने कनकाई नदीमा जापानी आर्थिक तथा प्राविधिक सहयोगमा कोरियाली विकास निगम K.D.C. ले पूर्व मोहडाको कनकाई नदीबाट दक्षिण तर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा बिभाजन गरेको हुँदा यो क्षेत्र दोमुखा भनि परिचित हुन गएको हो । यस क्षेत्र प्राकृतिक तथा वातावरणिय रुपले सुन्दर रहेको छ र पर्यटकीय क्षेत्र स्थापनाको लागि पूर्वाधार समेत रहेको र धार्मिक रुपमा पनि भक्तजनहरुको आवत–जावत भई रहने हुँदा र अव्यवस्थित रुपमा बार्षिक लाखौं संख्थामा यस क्षेत्रमा बनभोज खान आउने, बिभिन्न चलचित्र लगायत अन्य डकुमेन्ट्रिको लागि छायाङ्कन गर्न तथा मनोरञ्जन गर्न देश विदेशबाट पर्यटकहरु आउने हुँदा यस क्षेत्रमा पर्यटकीय विकास, धार्मिक स्थलको विकास साथै पर्यटकहरुलाई आकर्षित गर्न र सेवा सुविधा पुर्याउन व्यवस्थित तरिकाबाट पर्यटकीय क्षेत्रको विकास गरी शान्त तथा रमाईलो वातावरणमा वनभोज खाने, छायाङ्कन गर्ने, मनोरञ्जन गर्नेव्यवस्था मिलाउनको लागि श्री दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्था नामाकरण गरी २०६२ मा स्थापना गरी जिल्ला प्रशासन कार्यालय झापामा दर्ता नं. १२२७ मा दर्ता गराएका छौं र यस क्षेत्रको पर्यटकीय विकासमा सरिक हुँदै आईरहेका छौं ।

यातायातः
यातायातको लागि शिवसताक्षी–९, माईधाममा रहेको महेन्द्र राजमार्ग देखि ३ कि.मि. उत्तरमा रहेको पर्यटकीय स्थलसम्म आउनको लागि कच्ची सडक भएपनि माईधामबाट दोमुखा आउँन प्रशस्त रुपमा भाडाका सवारी साधन पाईने छ । साथै भद्रपुर विमान स्थलबाट पनि सिधै बिर्तामोड, सुरुङ्गा, माईधाम हुँदै दोमुखा आउने सुबिधा छ ।

यात्रा समयः
विहान ६ बजेबाट ५ बजेसम्म यस क्षेत्रमा वनभोज खान, चलचित्र सुटिङ्ग गर्न पुजा गर्न, दृष्य अवलोकन गर्न आउने गर्दछन् । बिशेष गरी कार्तिक देखि वैशाखसम्म यहाँ पर्यटकहरुको घँुईचो लाग्ने गर्दछ । श्रावण महिना भरी श्रीमहादेव भगवानका लागि पानी चडाउन बोलबमका भक्तजनहरु उल्लेखनिय आउने गर्दछन् ।

ध्यान दिनुपर्ने कुराः
कानुनको मर्यादा विपरित कुनै पनि काम गर्न पाईदैन । वैश्वणव देवी माताको मन्दिर एरियामा बली भोग दिन पाईदैन । समितिले प्रतिबन्ध लगाएको क्षेत्रमा पौडी खेल्न पाईदैन । नदी किनारमा फोहोर मैला गर्न पाईदैन ।

खान र बस्नको व्यवस्थाः
धाम परिसरको नजिकै रहेको प्रशिद्ध नगरी सुरुङामा अबस्थित अती सुबिधा युक्त होटेल डिलाइट (Hotel Delight) फेमिली A/C रेस्टुरेन्ट बार यि सुबिधा सम्पन्न अवस्थामा रहेका होटेल यहाँहरुको सधैं सेवामा रहेको छ ।
पहिरनः
यस क्षेत्रमा आउने आगन्तुक पाहुनाले समय अनुकुल, मौसम अनुकुल पहिरन लगाई आए हुनेछ । यस क्षेत्रमा आउन पर्यटकलाई कुनै निश्चित पहिरन तोकिएको छैन ।

यस क्षेत्रको महत्वः
यस क्षेत्रमा रहेको कनकाई माई नदीमा पुजा आजा, दर्शन गरे मनकामना पुरा हुन्छ भन्ने धार्मिक महत्व धेरै छ । यस क्षेत्रमा वनभोज खान आउने, चलचित्र सुटिङ्ग गर्न आउने, फोटो खिच्न आउने, चिडिया घर हेर्न आउने, गर्मिको बेला कनकाई माईको चिसो जलमा स्नान गर्न, रमाउन आउने भएकाले यस क्षेत्रको ठूलो महत्व बढ्दै आएको छ ।

अन्य आकर्षणः
यस क्षेत्रमा पर्यटकहरुले चुरे पहाड भएकोले बिभिन्न बस्तुहरुको अन्वेशण गर्न सकिने स्थान हो । यस ठाउँमा चुरे पहाड भित्र रहेको हरियाली वनस्पति, जडिबुटि, जङ्गली वन्यजन्तु, कनकाई नदीको बहाव, चुलीबाट ईलाम जिल्ला भित्रका बिभिन्न स्थानहरुको अवलोकन गर्न र झापाका तराईका फाँटहरुलाई दृष्य अवलोकन गर्न र कनकाई नहरको उत्पतिलाई अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा बिभिन्न जातजाती, भाषा, धर्म, संस्कृति, रितिरीवाज, परम्परा, भेषभुषा र संस्कारको जगेर्ना गर्दै भाईचारा सम्बन्धलाई बलियो बनाई बिभिन्न जात–जातीहरुका मानिसहरुको बसोबास रहेको छ ।

 

देामुखा पर्यटकिय क्षेत्र, देामुखा पर्यटकिय क्षेत्र, देामुखा पर्यटकिय क्षेत्र

महेन्द्र राजमार्गको झापा जिल्ला अन्तर्गत शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको सँगम जोडिने तथा नेपालको सबैभन्दा लामो कन्काई नदी माथि रहेको पक्की पुल दक्षिण पश्चिम करीब ३ किमी दुरीमा कनकाई माईको किनारामा अवस्थित शिवसताक्षी नगरपालिका वडा नं. ८ मा पर्ने "श्री चिल्लागढ धाम" र साथमा रहेको पोखरीको ऐतिहासिकताले झापाबासीहरुको मात्र नभई पुर्व मेची देखी पश्चिम महाकाली, उत्तर हिमाल देखी दक्षिण तराइसम्म लगायत विश्व समुदायमा यसको चर्चा चल्न थालएको छ । द्वापर युगमा विराट राजाको गाई वस्तुलाई पानी खुवाउन खनेको पोखरी नै "चिल्लागढ पोखरी" हो भन्ने भनाई पनि रहेको छ । यस ठाउँलाई किराँतहरूले आफ्नो पवित्र धार्मिकस्थल भनी पूजाआजा गर्ने गरेका छन् । यस चिल्लागढ पोखरीको नजीक माई नदी रहेको कारण चैत्र बैशाख महिना तिर पोखरीको पानी केहीमात्रमा घट्दै गएपनी मौसम बदलिए पश्चात पुन: पोखरिमा पानीले सजिसजाउ हुनेगर्दछ । एक विगाहा क्षेत्रफल ओगटेको यो चारकुने पोखरीको वरिपरि चारकुना बराबरी मिलाएर करिब् ६/७ फिटको उचाईमा माटोको घेरा उठाएर किल्लाको स्वरूप दिइएकोछ । आजसम्म कहिल्यै नसुनेको भनि विश्वास गरिएको यो पोखरीमा कहिलेकाही बन्दुक पड्केको जस्तो आवाज आउने गर्दछ भन्ने भनाई रहेकोछ। चिल्लागढ पोखरीमा सतासीधामको सिरान पहाडमा पाईएको विशाल शिवलिङ्ग समेत २०५८ सालमा स्थापित गरिएको छ । यस पोखरीको किनारमा मङ्सिर पूर्णिमाका दिन उधौली र बैशाख पूर्णिमाका दिन उभौली पर्व मनाइन्थ्यो ।

यातायातः
यातायातको लागि शिवसताक्षी–८, माईधार देखि दक्षिणमा रहेको यो धाममा आउन  महेन्द्र राजमार्ग अन्तर्गत संगम चौकसम्म पक्कि सडक रहेको र त्यहासम्म सवारी साधन प्रशस्त पाइनेछ  । संगम चौक देखि २.५  कि.मि. दक्षिणमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल श्री चिल्लागढ़ धामसम्म आउनको लागि कच्ची सडक भएपनि माईधारबाट आउँन प्रशस्त रुपमा भाडाका सवारी साधन पाईने छ । साथै भद्रपुर विमान स्थलबाट पनि सिधै बिर्तामोड, सुरुङ्गा, माईधार हुँदै ऐतिहासिक तथा धार्मिक स्थल श्री चिल्लागढ़ धाम आउने सुबिधा छ ।

यात्रासमयः
महेन्द्र राजमार्ग भरी पक्कि सडक रहेको साथै महेन्द्र राजमार्ग अन्तर्गत संगम चौक देखि २.५  कि.मि. दक्षिणमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल श्री चिल्लागढ़ धामसम्म आउनको लागि कच्ची सडक अन्दाजी १० मिनेट को यात्रा तय पश्चात यो धाम आउन सकिन्छ । यस क्षेत्रमा वनभोज खान, चलचित्र सुटिङ्ग गर्न पुजा गर्न, दृष्य अवलोकन गर्न आउने गर्दछन् । अनुकुल जुनसुकै समयमा पनि यो धार्मिक स्थलमा आउन सकिन्छ ।

ध्यान दिनुपर्ने कुराः
कानुनको मर्यादा विपरित कुनै पनि काम गर्न पाईदैन । भगवती माताको मन्दिर, लगायत श्री चिल्लागढ़ धाम परिसरमा धुम्रपान/माध्यपान निषेध गरिएको छ साथै यहा बली भोग दिन पाईदैन । समितिको अनुमति बिना यहा रहेको पोखरीमा साथै यो क्षेत्रमा पौडी खेल्न पाईदैन ।

खान र बस्नको व्यवस्थाः
धाम परिसरको नजिकै रहेको होटेल अती सुबिधा युक्त सुरुङामा रहेको होटेलमा जस्तै Hotel Delight (होटेल डिलाइट) Pathivara Hotel Lodge & Party Palace Damak, (पाथिभरा होटल लज एण्ड पार्टी प्यालेस दमक, Hotel Katyayani Inn Damak, (होटेल कात्यायनी ईन), Senior Hotel & Lodge (सिनियर होटेल दमक), Hotel Deurali & Lodge Damak (होटेल देउराली एण्ड लज दमक) यी होटलहरु मुख्य पेजको दायाँभागमा रहेको लोगोबाट पूर्णरुपमा जानकारी लिन सक्नुहुनेछ । यी सुबिधा सम्पन्न पार्किङ् ब्यबस्था भएको होटेलहरु यहाँहरुको सधैं सेवामा रहेका छन ।
पहिरनः
यस क्षेत्रमा आउने आगन्तुक पाहुनाले समय अनुकुल, मौसम अनुकुल पहिरन लगाई आए हुनेछ । यस क्षेत्रमा आउन पर्यटकलाई कुनै निश्चित पहिरन तोकिएको छैन । 

यस क्षेत्रको महत्व:
यो धाम एैतिहासिक धार्मिक घटनाबाट स्थापित हुन गएको हुँदा यसको धार्मिक महत्व धेरै छ । आध्यत्मिक चिन्तकहरुका लागि शान्ती क्षेत्र साधना भुमी हो । यहाँको शुभ एबं दैबिक कार्यले मानसिक शान्ती र भौतिक समुन्नती प्राप्त हुने हुँदा पनि यसको अत्युत्तम महत्व छ । प्राकृतिक बातावरण, सुन्दर, स्वस्च्छ अनि रमणीय द्रिस्यवलीको खानि भएकाले यसको महत्व ठुलो छ । यो धाममा विश्वकै सबै भन्दा ठुलो बेदी र यज्ञ कुण्ड रहेको स्थल साथै चारधामको दर्शन गरी श्री चिल्लागढ़ धामको दर्शन छुटाए तिर्थब्रतबाट प्राप्तहुने फल चाहिँ प्राप्त नहुने किम्बदन्ती रहेको हुनाले यो धामको अझ महत्व बढेर गएको छ । श्री चिल्लागढ़ धामको दर्शनले मात्र पनि चारधामको फलप्राप्त हुने कथन पाइन्छ । यो क्षेत्रमा पाँचहजार वर्ष अघि पाँच पाण्डवहरु द्वारा हज्जारौ ब्राम्हण पण्डित द्वारा संसारकै ठुलो बेदी र यज्ञकुण्ड बनाई होमादी यज्ञ गरिएको थियो । श्री चिल्लागढ़ धामको दर्शन गरे मानसिकता तनाव शान्त हुने, समस्या हल हुने र चिताएको कुराहरु पुराहुने जनबिस्वास रही आएको छ । 

अन्य आकर्षण:
पाँचहजार वर्ष अघि पाँच पाण्डवहरु द्वारा यज्ञ गर्न बनाइएको २६ बिगाहा क्षेत्रफलको बेदी १ बिगाहाको यज्ञकुण्ड रहेकोले यस धामको आकर्षण बढेको छ । यसै धाममा प्राकृतिक शिवलिंग रहेको छ । करिब  २६ बिगाहा क्षेत्रफलको बाहिरि भाग वरिपरी अन्दाजी ५/६ फिटको उचाई डिल र बिचमा होमादी यज्ञ गरिएको स्थान जो चाहिँ पोखरीले सजिएको छ । किरात माङ्हिम मन्दिर, शिवालय मन्दिर, भगवति मन्दिर र दुर्गा देबी मन्दिर ले यो धामलाई पबित्र शोभायमान बनाएकोछ । 

चिल्लागढ पाेखरी, chillagadh dham, japa, चिल्लागढ, चिल्लागढ, चिल्लागढ, कीरात मन्दिर

Pages