FAQs Complain Problems

समाचार:

सवारी साधनको सडक पूर्वाधार उपयोग बार्षिक कर बुझाउने सम्बन्धि सार्वजनिक सूचना

शिवसताक्षी सवारी साधनको सडक पूर्वाधार उपयोग बार्षिक कर

प्रस्तुत विषयमा आ.व. ०७७÷७८ (मिति २०७७ श्रावण १ गते देखि ०७८ आषाढ मसान्त सम्म) का लागि सडक पूर्वाधार उपयोग बार्षिक शुल्क बुझाउन चाहाने सवारी धनीहरुले निम्न कागजात सहित सुचना प्रकाशन भएको मिति देखि  १५ औँ दिज (२०७७ असार ३  गते) सम्म शिवसताक्षी नगरपालिकको कार्यालय ब्यांगडाडामा कार्यालय समयभित्र देहाय अनुसारको बार्षिक सडक उपयोग कर बुझाउन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । तोकेको समय भित्र मात्र उक्त कर बुझाउन सकिने ब्यहोरा समेत सम्बन्धित सवैको जानकारीका लागि अनुरोध  छ ।

आवश्यक कागजातः—

१. सवारी साधनको दर्ता प्रमाण पत्र (विलबुकको प्रतिलिपि)

२. निवेदन

बार्षिक करको विवरण

नीजि सवारी साधन कार जीप भेनको हकमा (बार्षिक)

१३००।००

टेम्पो, इ रिक्शा, बार्षिक

१०००।००

सार्वजनिक भाडाका कार, जीप,भेन,पिकअप,,स्कुल भेन आदी

२०००।००

मिनिट्रक, ट्याक्टर, स्कुल बस,   सार्वजनिक  बस

२५००।००

ट्रक,ट्रिपर,लहरी,स्काभेटर,ग्रेडर,रोलर आदी ठुला साधन

३०००।००