FAQs Complain Problems

समाचार:

कन्काई माईमेला ठेक्का सम्बन्धी सुचना 2074

माइ मेला ठेक्का सुचना २०७४

शिवसताक्षी नगरपालिका नगर कार्यपालिका कार्यालयको कन्काई माईमेला ठेक्का सम्बन्धी
सुचना
प्रथम पटक प्रकाशित
यस शिवसताक्षी नगरपालिका कार्यालयको मिति २०७४/०९/०२ गते बसेको राजश्व परामर्श समितिको बैठकको निणर्य तथा जिल्ला प्रशासन कार्यालय झापाको च.नं. ३६९४ मिति २०७४ ÷०९÷०३ को प्राप्त अनुमति पत्र अनुसार यस पटक पनि मिति २०७७ /०९/२८ गते देखि मिति २०७४/१०/०२ गते सम्म कन्काई माई धार्मिक मकर मेला ठेक्का सम्झौताद्वारा लगाईने निणर्य भएको हुँदा ठेक्का लिन चाहने फर्महरुले निम्न बमोजिमको शर्तबन्देजमा रहि बोलपत्र खरिद गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुहुन सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
शर्तहरुः
१. कन्काई माई धार्मिक मकर मेलाको न्यूनतम कबोल अंक १३ प्रतिशत भ्याट सहित रु.८,००,०००।०० ( रु आठ लाख मात्र ) हुनेछ ।

२. ठेक्काको कबोल अंक र अक्षरमा स्पष्ट उल्लेख गरि बोलपत्रदाताले नाम ठेगाना लेखि सहिछाप गरि  निवेदन संलग्न राखि दर्ता गराउनु पर्नेछ ।

३. रु.१०००।०० (फिर्ता नहुने गरी) कार्यालयबाट बोलपत्र खरिद गरी बोलपत्र सुचना प्रकाशित मितिले १५ दिनभित्र मिति २०७४/०९/१९ सम्ममा कार्यालय समयमा खरिद गरि २०७४/०९/२० गते दिनको १२ बजे सम्ममा कार्यालयमा दर्ता गरि सक्नु पर्नेछ । बोलपत्र खरिद र दर्ता हुने  दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको दिन दिनको १२ः०० बजे सम्म खरिद र दर्ता गरिनेछ ।

४. बोलपत्र मिति २०७४/०९/२० गते २ बजे खोलिने छ । उक्त दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको दिन दिनको १२ः०० बजे खोलिनेछ ।

५. फर्मको स्थायी लेखा नं. प्रमाणपत्रको प्रतिलिपि , नविकरण इजाजत पत्रको प्रतितिलि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि (आ.व. २०७३÷०७४), मुल्य अभिबद्धि कर प्रमाणपत्रको प्रतिलिपि बोलपत्र फाराम सहित पेश गर्नुपर्नेछ ।

६. बोलपत्रसाथ आफुले कबोल गरेको ५ प्रतिशत धरौटी वापतको रकम धरौटी खाता नं. २२१०३०३००७१०२ रा.वा. बैक भद्रपुर शाखा को खातामा जम्मा गरेको सक्कलै भौचर संलग्न राख्नु पर्नेछ ।

७. ठेक्का सम्बन्धी कुनै दस्तुर नेपाल सरकारलाई बुझाउनु परे ठेकेदार आफैंले बुझाउनु पर्नेछ ।

८. बोलपत्र खोल्ने दिन बोलपत्रदाता वा प्रतिनिधि उपस्थित हुनुपर्नेछ ,उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्नेछैन ।
९. ठेक्का बक्यौता भएका व्यक्तिले बोलपत्र पेशगर्न पाउने छैन ।

१०. मेलामा हुने शान्तिसुरक्षा लगायत अन्य प्रशासनिक खर्चहरु ठेकेदार आफैंले व्यहोर्नुपर्नेछ ।
११. ठेक्का वापतको सम्पुर्ण रकम सम्झौता गर्नु अगावै एकमुष्ठ बुझाउनु पर्नेछ ।
१२. म्याद नाघि आएका बोलपत्रहरुलाई समावेश गरिने छैन ।
१३. ठेक्का स्वीकृत गर्ने नगर्ने अधिकार नगरपालिका कार्यालयमा सुरक्षीत रहने छ ।

१४. उच्च जोखिम युक्त खेल संचालन गर्न, बाल श्रमको प्रयोग गर्न, प्रचलित कानुनले निषेध गरिएका कार्य तथा गतिबिधि गर्न पाइने छैन साथै जिल्ला प्रशासन कार्यालय झापाको मेला अनुमति पत्रमा लेखिएको शर्तहरु अनिवार्यरुपमा पालना गर्नुपर्नेछ ।
१५.स्वीकृत ठेकेदारले आफुले कबोल गरेको ठेक्का अंक बराबरको रकम शिवसताक्षी नगरपालिका कार्यालयमा आई नगदी रसिद काटी जम्मा गरेको सक्कल रसिद पेश गरेपछि मात्र ठेक्का संचालनको इजाजत दिइनेछ । सो नबुझाएमा धरौटी वापतको रकम जफत गरी ऐन नियम बमोजिम हुने व्यहोरा जानकारी गराइन्छ ।

१६. माथी उल्लेखित बाहेकका बिषयमा कानुन वा नगरपालिकाको निणर्य अनुसार हुने छ ।
१७. यसमा उल्लेख हुन छुट भएका कुराको हकमा नगरपालिकाले तोके बमोजिम हुनेछ ।
१८. अन्य कुरा बुझ्नुपरेमा नगरपालिका कार्यालयमा आई सम्पर्क राख्न सक्नुहुने छ ।

याे सुचना विवेचना दैनीककाे मिति २०७४/०९/०५ गतेकाे पत्रिकामा प्रकाशित गरिएकाे छ । https://www.bibechana.com/wp-content/uploads/2017/08/5-Poush-2074-Wednes...