FAQs Complain Problems

समाचार:

कर्मचारी अावश्यकता सम्बन्धी सुचना

शिवसताक्षी नगरपालिका

                                                                                   प्रथम पटक प्रकाशित मिति— २०७४/०९/०३
यस नगरपालिकाका लागि देहाय बमोजिमका  पदमा २०७५ आषाढ मसान्त सम्मका लागि करार सेवा नियुक्ती गर्नु पर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट शिवसताक्षी नगरपालिकाद्धारा स्वीकृत दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले १५( पन्ध्र) दिन भित्र रितपूर्वकको दरखास्त आव्हान गरिन्छ ।

क। पदकाे विवरण

विज्ञापन न 
पद
पद संख्या
न्यनुतम शैक्षिक योग्यता
दरखास्त शुल्क रु 

०१—०७४÷७५
सूचना प्रविधि अधिकृत( IT Offficer)
१(एक)
लोकसेवा आयोगले लिने कम्प्युटर अधिकृत पदको न्युनतम योग्यता वा मान्यता  प्राप्त  शिक्षण संस्थाबाट Computer or Information and Communication Technologies  वा सो सरहको विषयहरु मध्ये कुनै एक विषय लिई स्नातक (BIT, BIMJ, BBIS, BCA, BCIS, BEIT, BSSIT, BSCCIT)  उपाधि प्राप्त गरेको (नेपाल बाहिरको प्रमाण  पत्र भए नेपालको विश्वद्यिालयबाट समकक्षता निर्धारण गरिएको  प्रमाण  पत्र) , कार्य अनुभव भए अनुभवको प्रमाण पत्र। 
रु १०००।—

०२—०७४÷७५
सव—इन्जिनियर
२(दुइ)
मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाण पत्र तह  वा सो सरह उतिर्ण
रु ७००।—

०३—०७४÷७५
अ.सव—इन्जिनियर
३(तीन)
मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा एस एल सि  वा सो सरह उतिर्ण वा सिभिल इन्जिनियरिङ्ग विषयमा CTEVT बाट १५ महिने तालिमको प्रमाण पत्र भएको ।
रु ४००।—

ख) दरखास्त दिने स्थान —  शिवसताक्षी नगरपालिकाको कार्यालय ब्याँगडांडा झापा 

ग) दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु — (१) ब्यक्तिगत विवरण (२) नेपाली  नागरिकताको प्रमाण पत्रको  प्रतिलिपि (३) न्युनतम शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि (४) दरखास्त दस्तुर बुझाएको नगदि रसिद  । (उल्लेखित  प्रमाण  पत्रका प्रतिलिपिहरु स्वयम् प्रमाणित गरी दरखास्त साथ पेश गर्नु पर्नेछ तथा अन्तर्वाताको दिन सक्कलै  प्रमाण पत्रहरु  लिएर आउनु पर्ने छ । 

घ) उमेरको हद ः—दरखास्त बुझाउने अन्तिम मिति सम्म २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तथा महिला र अपाङ्ग उम्मेदवारको हकमा २१ वर्ष पुरा भई ४०  वर्ष ननाघेको । 

ङ) छनौट  प्रकृया — छोटो सूची(क्जयचत (SHORT LIST)विधि तथा आवश्यक्ता अनुसार प्रयोगात्मक परिक्षा र अन्तर्वाता हुनेछ ।

च) सेवा सुविधा —  वि.नं.०१–०७४/७५ को तलव मासिक रु ४०,०००।—( चालिस हजार मात्र) र अन्य वि.न को हकमा प्रचलित नियमानुसार हुने ।

छ) दरखास्त फारम —यस कार्यालयको वेबसाईट www.shivasatakshimun.gov.np  तथा यस कार्यालयबाट प्राप्त गर्न सकिने छ । रीतपूर्वक दरखास्त फारम भरि स्वयं आफै उपस्थित भई वा नपा को Email:dms.shivasatakshimun.gov.np मा पठाउनु पर्ने छ । रीत नपुगी आएको वा म्याद नाघी आएको दरखास्त उपर कुनै कार्यवाही हुने छैन 

द्रष्टब्यः विष्तृत जानकारीका लागि शिवसताक्षी नगरपालिकाको वेबसाईट www.shivasatakshimun.gov.np मा हेर्न हुन तथा यस कार्यालयको फोन न. ०२३४७०३२२ र ४७०३२३ मा सम्पर्क राख्न सकिने छ । 

  यस सुचना विवेचना दैनिककाे २०७४/०९/०३ काे अङ्कमा प्रकाशित भएकाे छ

लिङ्क https://www.bibechana.com/wp-content/uploads/2017/08/3-Poush-2074-Monday...