FAQs Complain Problems

समाचार:

प्रेश विज्ञप्ती

shivasatakshi mun, Press Bigyapti

 

स्थानीय स्वायत्त शासन ऐन, २०५५; स्थानीय स्वायत्त शासन नियमावली, २०५६ र स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०६९ समेतले स्थानीय निकायहरुले आफ्नो विकासका विभिन्न योजना तथा कार्यक्रमहरुको निर्माण सहभागितामूलक विधि अवलम्बन गरी गर्नु पर्ने व्यवस्था गरे वमोजिम यस शिवसताक्षी नगरपालिकाले राष्टिय योजना आयोग, अर्थ मन्त्रालय, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय समेतको मार्गनिर्देशन एवं बजेट सिलिङ्गका आधारमा स्थानीय राजनीतिक दलका सदस्यहरु, नागरिक समाजका प्रतिनिधिहरु, टोलवासीहरु, वडावासीहरु, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका सदस्यहरु, स्थानीय संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न लक्षित वर्गका प्रतिनिधिहरुको  प्रत्यक्ष उपस्थितिमा सहभागितात्मक ढंगबाट वडा स्तरीय योजना तर्जुमा गोष्ठीको माध्यमबाट योजना तथा कार्यक्रमहरु छनौट गरी नगरस्तरीय विषय समितिहरु तथा एकीकृत योजना तर्जुमा समितिमा पेश भई उक्त समितिबाट प्राप्त सल्लाह र सुझाव समेतलाई आत्मसात गर्दै मिति २०७३÷०९÷२५ को नगर परिषद्मा पारित भई यस नगरपालिकाको आ.व. २०७४÷०७५ को वार्षिक बजेट नीति तथा कार्यक्रम मिति २०७३÷०९÷२७ गते सार्वजनिकिकरण गर्ने कार्य सम्पन्न भएको छ ।
चालू आ.व. २०७३÷०७४ मा चालू तर्फ रु. ३६,००,०००।– र पूँजीगत तर्फ सार्वजनिक निर्माणमा रु. ४,०३,९८,०००।– गरी जम्मा रु. ४,३९,९८,०००।– अनुमान गरिएकोमा नेपाल सरकार चालु अनुदान तर्फ रु. ३६,००,०००।– र पुँजीगत सशर्त तथा निशर्त अनुदान गरी जम्मा रु.४,१४,६१,०००।– प्राप्त हुन आएको छ । यसैगरी स्थानीय शासन सामुदायिक विकास कार्यक्रम (ीन्ऋम्ए) तर्फ २७,९०,०००।– अनुमान गरिएकोमा रु. २०,४५,०००।– प्राप्त हुन आएको छ । यसैगरी आन्तरिक आय तर्फ शंसोधित अनुमान रु. ९९,७६,५००।– र राजस्व वाँडफाँडबाट रु. १९,७५,०००।–संकलन हुने अनुमान गरिएको छ । यसमा मंसीर मसान्तसम्मको आन्तरिक राजस्व संकलन रु. २९,९३,५३८।–रहेको छ । यसैगरी चालु आ.व.को मंसीर मसान्त सम्मको खर्च विवरण अनुसार चालु अनुदान तर्फ रु. १३,९१,८४७।– , पूँजीगत अनुदानतर्फ रु ५४,२१,८७४।– स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (ीन्ऋम्ए) तर्फ रु. ४,८०,०००।– आन्तरिक  चालु तर्फ १६,५५,४११।– र आन्तरिक  पुजीगत तर्फ रु. ३८,३४,३६०।– खर्च भएको छ । 

आगामी आ.व. ०७४÷०७५ को लागि प्रस्तावित वजेट जम्मा रु.७,३७,४१,०००।– (सात करोड सैतिस लाख एकचालिस हजार) हुने अनुमान गरिएको छ ।  मुलुकको वर्तमान आर्थिक, सामाजिक अवस्था तथा राजनैतिक परिस्थितिसमेलाई मध्येनजर गर्दै  आगामी आ.व. ०७४÷०७५ मा चालु अनुदान रु. ३९,६०,०००।– पूँजीगत अनुदान रु. ५,२९,११,०००।–,  ीन्ऋम्ए तर्फ रु. २५,००,०००।– तथा आन्तरिक आय तर्फ करको दायरा वृद्धि भई फोहरमैला सेवा शुल्कसहित रु १,२०,००,०००।– र राजस्व वाँडफाँडबाट रु. २३,७०,०००।– संकलन हुने अनुमान गरिएको छ । यसमा हुने पूँजीगत तथा चालु आय व्ययका विषयगत शीर्षक अन्तर्गतका निर्णयहरु तपसिल खण्डमा समावेश गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रम तर्फ छुटृै रु. ८,५०,००,०००।– प्राप्त हुने अनुमान गरिएको छ ।

अन्त्यमा प्रस्तुत नीति तथा कार्यक्रम र प्रस्तावित वजेटबाट यस नगरपालिकाका सबै क्षेत्रको आर्थिक, सामाजिक, राजनैतिक तथा भौतिक पूर्वाधारका विकासमा सक्दो योगदान पुग्ने र नगरवासीहरुको जीवनस्तरमा उचित सुधार हुँदै जाने अपेक्षा लिइएको छ । यसैगरी यस नगर विकास योजना तर्जुमा प्रक्रियामा सहयोग पु¥याउनु भएका माननीय मन्त्री ज्यु तथा सांसदज्यूहरु, आजको यस सभाका प्रमुख अतिथि माननिय राज्यमन्त्री श्रीप्रसाद जवेगुज्यु, विशेष अतिथिज्यूहरु, झापा जिल्ला तथा यस नगरस्थित क्रियाशील सम्पूर्ण राजनैतिक पार्टीका प्रमुख एवं प्रतिनिधिज्यूहरु, सरकारी गैरसरकारी कार्यालय तथा निजी क्षेत्रका संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, नागरिक समाजका प्रमुख एवं प्रतिनिधिज्यूहरु, पत्रकार तथा सञ्चारकर्मी, सेवा प्रदायक संस्था तथा सो संस्थामा आवद्ध सामाजिक परिचालन टीमका साथीहरु, अहोरात्र खटी साथ सहयोग दिई रहनु भएका शिवसताक्षी नगरपालिका कार्यालयका सम्पूर्ण कर्मचारी मित्रहरु एवं सम्पूर्ण नगरबासीहरुमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छु ।